Skip to main content
  • घर
  • समाचार
  • FAQs
  • तपाईको भनाइ
  • स्रोतहरू
  • थेबार्टन ओभल परिसरसम्बन्धी गुरु योजनामा के-के कुराहरू समावेश हुने छन्?

    नोभेम्बर, 2022 मा सिटी अफ वेस्ट टोरेन्सको बैठकमा गरिएको प्रस्तावअनुसार, एडिलेड फुटबल क्लबले परिषद्सँगको संयोजनमा मार्गदर्शनका सिद्धान्त र डिजाइनका उद्देश्यहरूको सेट विकास गरेको छ जुन गुरु योजनाको आधार बन्ने छ। यसका साथै, स्थानीय निवासी र व्यवसाय मालिकहरूको सामुदायिक प्रतिनिधित्व समावेश गर्ने 13 जना व्यक्तिको गुरु योजना सल्लाहकार समूह गठन गरिएको छ। गुरु योजनामा नयाँ र विद्यमान सुविधाहरूको स्थान र प्रयोग, सम्पदा र महत्त्वपूर्ण वस्तुहरूको संरक्षण, भूदृश्य निर्माण, ट्राफिक व्यवस्थापन र सार्वजनिक उपयोग, मनोरञ्जन र खुला ठाउँ र सुविधास्थलहरूको पहुँच समावेश गरिने छ तर यतिमा मात्र सीमित हुने छैन।

  • प्रस्तावित पुर्नविकासका मुख्य विशेषताहरू के-के हुन्?

    एडिलेड फुटबल क्लबका लागि विश्व स्तरीय प्रशिक्षण र प्रशासनिक मुख्यालयका साथै क्राउजको महिला टोलीका लागि घरेलु मैदान, समुदायले प्रयोग गर्न मिल्ने दुई वटा ओभल र आतिथ्य स्थान, सुधारिएको सामुदायिक मनोरञ्जनात्मक सुविधाहरूका साथसाथै समुदायको प्रयोगका लागि प्रयोग योग्य हरियाली ठाउँ र सार्वजनिक चोकहरूमा वृद्धि हुने छ। 

  • प्रक्रियामा के-के समावेश हुन्छ?

    एडिलेड फुटबल क्लबले समुदाय र सम्बद्ध सरोकारवालाहरूसँग परामर्श गरेर थेरबार्टन ओभल प्रिसिनक्टका लागि गुरु योजना तयार गर्ने छ। सान्दर्भिक परामर्शका सबै चरणहरू पूरा गरेपछि र गुरु योजनामा समुदायद्वारा उपलब्ध गराइएको प्रतिक्रियालाई प्रतिबिम्बित गरेपछि र गुरु योजना सल्लाहकार समूहले अनुमोदन गरेपछि यो सिटी अफ वेस्ट टोरेन्सका निर्वाचित सदस्यहरूको बैठकमा प्रस्तुत गरिने छ।

  • थेबार्टन ओभल अब सर्वसाधारणका लागि खुला हुन्छ? यो क्राउजका योजनाअन्तर्गत हुने छ?

    हालै यसको पछाडि जालीदार बारले लक गरिएको छ र यो खुला पहुँचमा परिवर्तन हुने भए तापनि लामो समयका लागि लक गरिएको छ।  क्लबको योजनाको मुख्य विशेषता भनेको समुदाय दुई वटा नयाँ र सुधार गरिएको ओभल र अन्ततः थप हरियाली ठाउँमा समाप्त हुन्छ भनी सुनिश्चित गर्नु हो। सम्पूर्ण परिसर पैदल यात्री र साइकल चलाउनेहरूका लागि खुला हुने छ जसलाई मानिसहरूले व्यायाम गर्ने, आफ्नो कुकुर डुलाउने ठाउँको रूपमा प्रयोग गर्छन् वा परिवारहरूले आफ्ना बच्चाहरू खेल्न र वरिपरि दौडन सक्ने ठाउँको रूपमा चिनेका छन्।

  • प्रस्तावित विकास साइट कति ठूलो छ र सार्वजनिक रूपमा पहुँच गर्न सकिने कति वटा हरियाली ठाउँको विनास हुने छ?

    वर्तमानमा, समग्र 9ha मा 5ha मात्र सार्वजनिक रूपमा पहुँच योग्य छ। पुनर्विकास समापन भएपछि, सम्पूर्ण उपक्षेत्र खुला र उपलब्ध हुने छ।

  • सर्वसाधारणहरूले ओभल कहिले प्रयोग गर्न पाउने छन्?

    सर्वसाधारणहरूले थेबार्टन ओभल र अब किङ्ग्स रिजर्भ साइटमा हुने नयाँ ओभल दुवैको पूर्ण प्रयोग गर्ने छन्। तीन वटा टोलीलाई प्रतिक्षण दिन आवश्यक भएकाले, क्लबमा पात्रो वर्ष र प्रायजसो कार्यालय वा विद्यालय समयको लगभग 20 प्रतिशत पहुँच हुन आवश्यक हुने छ।

  • किङ्ग्स रिजर्भमा ओभलका वरिपरि कुनै भवन हुने छन्?

    उक्त स्थानको परिधिमा वा वरिपरि कुनै भव्य संरचना वा अन्य भवनहरू हुने छैनन्। ओभलले खुला अनुभूति कायम राख्ने छ र क्लबले उच्च गुणस्तरको भूदृश्य निर्माणमा लगानी गर्ने छ।

  • रूखहरूको विनास हुने छ?

    गुरु योजनाको महत्त्वपूर्ण सिद्धान्त भनेको विकासको भागको रूपमा रूखहरूको विनास नगर्नु हो। किङ्ग्स रिजर्भमा ओभल स्थापना गर्नका लागि केही रूखहरू काट्नु पर्ने हुन सक्छ, काटिएका रूखहरूलाई उपयुक्त स्थानहरूमा थप रूखहरू रोपेर सन्तुलन गरिने छ। कुनै पनि व्यवस्थित वा महत्त्वपूर्ण रूखहरू काट्नका लागि विकास आवेदन दर्ता गर्न र छुट्टै स्वतन्त्र प्रक्रिया सञ्चालन गर्न आवश्यक पर्छ।

  • साइटमा व्यापारिक पसल वा क्याफे हुने छ?

    हुने छ। क्लबको दृष्टिकोण भनेको यसलाई मानिसहरू स्वतन्त्र रूपमा घुम्न सक्ने र उनीहरूले छनोट गरेमा, फुटबल क्लबले प्रस्ताव गरेको सबै कुरामा आफूलाई तल्लीन बनाउने आकर्षक गन्तव्य बनाउनु हो। थेबार्टन ओभल परम्परागत फुटी हार्टल्याण्ड हो र क्राउजले इतिहासका साथसाथै क्लबको यात्राका मुख्य तथ्याङ्क र कार्यक्रमहरू डिजाइनमा प्रतिबिम्बित छन् भन्ने कुरा सुनिश्चित गर्ने छ। क्लबले मानिसहरूले क्लबलाई आफ्नो टोलीहरूको प्रशिक्षण हेर्न सक्ने, हल्का खाना खान र पेय पदार्थ पिउनका लागि साथीहरूलाई भेट्न सक्ने वा व्यायाम गर्नका लागि खुला ठाउँहरू प्रयोग गर्न सक्ने ठाउँको रूपमा हेरून् भन्ने चाहन्छ।

  • मानिसहरू आएर प्रशिक्षण हेर्न सक्षम हुने छन्?

    हुने छन्।  पुनर्विकासको मुख्य भाग भनेको क्लबको सदस्य र समर्थकका साथसाथै सर्वसाधारणसँगको सम्बन्धलाई बलियो बनाउनु हो। यो खुला पहुँच क्षेत्र हुने छ जहाँ फुटबलका सबै प्रशंसकले प्रशिक्षण हेर्न र सत्रहरूको अघि र पछि खेलाडीहरूसँग अन्तरक्रिया गर्न सक्ने छन्।

  • यसले यस क्षेत्रको यातायातमा कसरी असर पुर्‍याउँछ?

    ट्राफिक जाम कम गर्न र परिसरभित्र सार्वजनिक रूपमा पहुँचयोग्य पार्किङमा वृद्धि गर्नका लागि स्तरोन्नति गरिएको दक्षिण सडकबाट परिसरमा सिधा प्रवेश गर्ने र बाहिर निस्कने पहुँच हुने छ।

  • परिसरभित्र अतिरिक्त कार पार्किङ हुने छ?

     सार्वजनिक रूपमा पहुँच योग्य पार्किङमा वृद्धि हुने छ। यो बाहेक खेलाडी, कोच र कर्मचारीसँग सम्बन्धित पार्किङ भवनको फुटप्रिन्टभित्र भूमिगत रूपमा अवस्थित हुने छ। उपयुक्त समयमा, यो सान्दर्भिक योजना र परिषद्का अनुमोदनहरूको अधीनमा हुने छ।

  • क्राउजमा खेलहरू खेलिने छन्?

    एडिलेडको महिला टोलीले त्यहाँ हाल प्रत्येक सिजनमा पाँच वटा खेल हुने आफ्नो घरेलु AFLW खेल खेल्ने छ। पुरुषको AFL टोलीले एडिलेड ओभलमा खेल्न जारी राख्ने छ।

  • खेलको दिनमा कार पार्किङ गर्नेबारे के हुन्छ?

    किङ्ग रिजर्भले AFLW खेल दिनमा लगभग 500 कारहरूका लागि पार्क गर्ने ठाउँ उपलब्ध गराउने छ।

  • खेलहरूमा कस्ता खालको भीड हुने छ?

    स्थलमा 9000 का लागि इजाजत दिइएको छ यद्यपि AFLW प्रतियोगिताको पहिलो सात सत्रहरूमा आधारित औसत भीड 5000 भन्दा कम हुने अपेक्षा गरिएको छ।

  • खेल हुने दिन थेबार्टन ओभलका लागि सार्वजनिक यातायात उपलब्ध हुने छ?

    हुने छ। कानुनअन्तर्गत, महानगरीय क्षेत्रभित्र हाल थेबार्टन ओभलमा रहेको 5000 भन्दा बढी दर्शकहरूको क्षमता भएका सबै स्थानहरूमा यात्रु यातायात समावेश भएको कुनै कार्यक्रम व्यवस्थापन योजना विकासित गर्न आवश्यक छ।

  • साइटमा पोकर मेसिनहरू हुने छन्?

    हुने छैनन्। पोकर मेसिनहरूबारे कहिल्यै पनि विचार गरिएन वा छलफल गरिएन।

  • प्रोजेक्टको जम्मा अनुमानित लागत कति हो र यसलाई कसती वित्त व्यवस्था गरिने छ?

    यस चरणमा यो $80-85 मिलियन वरपर छ। क्लबले संघीय सरकारबाट $15 मिलियन अनुदान प्राप्त गरेको छ र थप सहयोग र लगानीका साथै आफ्नै रकम जुटाउन खोज्ने छ।

  • काम कहिले सुरु भएर सम्पन्न हुने अपेक्षा गरिएको छ?

    सान्दर्भिक काउन्सिल योजना अनुमोदन र टाइमलाइनसहित विचार गर्नुपर्ने धेरै कारकहरू छन् तर क्लब 2025 मा सुविधास्थलमा हुन चाहन्छ।

Created by Telstra
  • Contact Us
  • Terms and Conditions
  • Privacy Policy
  • Copyright & Trademark
  • Online Security
Why not share?
Share This Article

Up Next